एजेन्सी । पछिल्लो समय हिंसात्मक गतिविधि तीव्र पारेको तालिवानी विद्रोही समूहले दक्षिण पश्चिम अफगानिस्तानको प्रान्तिय राजधानी नियन्त्रणमा लिएको छ ।
दक्षिण पश्चिम अफगानिस्तानको निम्रोज प्रान्तिय राजधानी जन्जरा आफ्नो नियन्त्रणमा रहेको विद्रोहीको दाबी छ ।
अमेरिकी सेना फिर्ता भएसँगै सशस्त्र गतिविधिलाई तीव्र पारेको तालिवानी समूहले ग्रामीण क्षेत्रमा पकड जमाएसँगै सहर केन्द्रीत आक्रमण थालेको त्यहाँका सरकारी अधिकारीहरुले जनाएका छन् ।
हेरात, कन्धार र लश्करलगायतका प्रान्तिय राजधानी पनि विद्रोहीले आफ्नो नियन्त्रणमा लिने प्रयास गरिरहेको छ ।
अफगानिस्तानका लागि संयुक्त राष्ट्रसंघीय विशेष दूत डेबोरा लियोन्सले नयाँ चरणको युद्ध शुरु भएको बताए । उनले विनाशकारी युद्धका कारण गत महिनादेखि सर्वसाधारणको मृत्यु हुने क्रम बढेको बताए ।