मंगलवार, आश्विन २० गते २०८३

रबिलाई अदालत लगिने, आजै आदेश आउने सम्भावना

बुधवार , माघ २, २०८१

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई आज पुनः अदालत लगिदैँछ । लामिछानेको तर्फवाट थुनछेक बहस सकिए पनि जाहेरीवालाकोतर्फवाट भइरहेको थुनछेक बहस नसकिए पछि उनी गत आइतबार देखी काठमाडौं प्रहरीको हिरासतमा रहेका छन् ।

काठमाडौं जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद अधिकारीको एकल इजलासमा उनको थुनछेक बहस भइरहेको छ । बहस नसकिएको भन्दै आइतवार र सोमवार उनलाइ हिरासतमा राख्न आदेश दिएका हुन ।

मंगलबार सार्बजनिक बिदा भएकाले बहस हुन नसके पछि उनलाइ बुधवार मात्रै अदालत जान दिइएको हो । थुनछेक बहस सम्भवतः आजै सकिने भएकाले उनी पुर्पक्षका लागि थुनामा रहने कि बाहिर बसेर कानुनी लडाइ लडने भन्ने आज आदेश आउन सक्ने जनाइएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार