काठमाडौँ । विपक्षी दलको बैठक सिंहदरबारमा बस्दैछ। संसद्को प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेकपा एकीकृत समाजवादी, राप्रपा लगायत दलका नेताको बैठक बुधबार बस्न लागेको हो।
बैठक सिंहदरबारस्थित माओवादी दलको कार्यालयमा बस्ने छ। बैठकमा सरकारविरुद्धको रणनीतिबारे छलफल हुने नेताहरुले बताएका छन् ।