मंगलवार, आश्विन २० गते २०८३

रोकिएको भूमिसम्बन्धी अध्यादेश राष्ट्रपतिबाट जारी

बुधवार , माघ २, २०८१

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले भूमिसम्बन्धी अध्यादेश जारी गरेका छन् ।

यसअघि रोकिएको अध्यादेश आज जारी भएको हो ।नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट अध्यादेश जारी भएको शीतल निवासले विज्ञप्तिमार्फत् जनाएको छ ।

यसअघि सरकारले ५ वटा अध्यादेश सिफारिस गरी पठाएकोमा भूमिसम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने अध्यादेश आवश्यक अध्ययनका लागि भनेर रोकिएको थियो ।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार