काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रको नेतृत्वमा बन्न लागेको विपक्षी मोर्चालाई सभ्य ढंगले प्रस्तुत हुन सुझाव दिएका छन् ।
अध्यादेशका सम्बन्धमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै यो सरकार परिवर्तन गर्न सक्छु भन्नु एउटा विशाल नदीको किनारमा बसेर साना(साना ढुंगा फ्याँकेजस्तै भएको टिप्पणी गरे ।
उनले भने, ‘हामी सरकार टिकाउने मात्रै हाम्रो काम होइन, सरकार त आफैँ टिकिहाल्छ । यसलाई सफल बनाउनु र परिणाम दिनु हाम्रो मुख्य जिम्मेवारी हो । यो सरकार परिवर्तन गर्न सक्छु भन्ने एउटा विशाल नदीको किनारमा बसेर यत्रा यात्रा ढुंगा टिप्दै फ्याँक्ने, के गरेको भन्दा यो नदी थुन्दिन खोज्या भन्या जस्तो । मैले मोर्चा बन्दैछ भन्ने सुनिरहेको छु । त्यो उहाँहरूको अधिकारको कुरा हो । म त्यसलाई सम्मान गछ । तर, सभ्य तरिका भाषा र क्रियाकलाप गर्नुस् । अधिकार त प्रयोग गर्न पाइन्छ ।’