मंगलवार, आश्विन २० गते २०८३

दीक्षान्त समारोहमा सहभागी हुन प्रधानमन्त्री पुगे पोखरा

बिहिवार , माघ ३, २०८१

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली पोखरा पुगेका छन् । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रथम दीक्षान्त समारोहमा सहभागी हुन उनी आज पोखरा गएका थिए ।

प्रधानमन्त्री ओलीलाई पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा गण्डकी प्रदेशप्रमुख डिल्लीराज भट्ट, मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, पूर्वमुख्यमन्त्री खगराज अधिकारीलगायत उच्चपदस्थ सरकारी अधिकारीहरुले स्वागत गरेका छन् । प्रधानमन्त्री ओली प्रतिष्ठानका कुलपति रहेका छन् । प्रतिष्ठानबाट आज ४३ जना दीक्षित हुँदैछन् ।

प्रतिष्ठानका अनुसार दीक्षान्त समारोहमा मेडिकल विज्ञान सङ्काय पोस्टग्रयाजुएट (चिकित्सा डाक्टर–शल्यचिकित्सा स्नातकोत्तर, एमडी–एमएस) का प्रथम र दोस्रो ब्याचका ४३ विद्यार्थी दीक्षित हुन लागेका छन् ।

प्रधानमन्त्री ओलीले आजै प्रतिष्ठानको नयाँ भवन पनि उद्घाटन गर्नेछन् । प्रतिष्ठानको प्राज्ञिक तथा आकस्मिक भवन १७ करोडको लागतमा बनेको थियो ।  

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार