मंगलवार, आश्विन २० गते २०८३

कांग्रेस संसदीय दल अनुशासन समितिको संयोजकमा दिलेन्द्रप्रसाद बडू नियुक्त

बिहिवार , माघ ३, २०८१

काठमाडौँ । नेपाली कांग्रेसले संसदीय खाली भएका तीनवटा संसदीय समितिको संयोजक नियुक्त गरेको छ ।

आज बसेको नेपाली कांग्रेस संसदीय दल कार्यसमिति र मन्त्रीहरूको संयुक्त बैठकले संसदीय दल अनुशासन समिति निर्माण गर्ने निर्णय गर्दै संयोजकमा दिलेन्द्रप्रसाद बडूलाई नियुक्त गरिएको छ । 

त्यस्तै बैठकले अर्थ समितिमा डा.प्रकाशशरण महत, कृषिमा चन्दा चौधरी र सञ्जय गौतमलाई सार्वजनिक लेखा समितिमा नियुक्त गरेको छ ।

कांग्रेस संसदीय दलको विधानअनुसार प्रत्येक संसदीय समितिमा एक एक जना संयोजक तोक्ने व्यवस्था छ । 

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार