काठमाडौँ । स्वयम्भूबाट पक्राउ परेकी आशिका तामाङलाई प्रहरीले अभद्र व्यवहार सम्बन्धी कसुरमा अनुसन्धान थालेको छ । तामाङलाई प्रहरी वृत्त गौशालामा राखिएको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी नवराज अधिकारीका अनुसार तामाङविरुद्ध जिल्ला प्रशासन कार्यालय काठमाडौँमा ५ दिनको म्याद लिएर अनुसन्धान सुरु गरिएको छ । प्रहरी प्रतिवेदनको आधारमा गौशाला प्रहरीले उनीमाथि अनुसन्धान गरिरहेको छ ।
हिजो पक्राउ परेकी आशिकालाई अनुसन्धान गर्न पशुपति क्षेत्र विकाश कोषले पनि प्रहरीलाई पत्र पठाएको हो । पशुपति क्षेत्र विकाश कोषका कर्मचारीको विषयमा तामाङले गौशालाका डीएसपी शुकदेव खनालसँग ‘विवाद’ गरेकी थिइन् । तामाङले प्रहरीको काममा अवरोध सिर्जना गरेको आरोप छ ।