मंगलवार, आश्विन २० गते २०८३

आज पनि बस्दै विपक्षी दलहरुको बैठक, दिउँसो संसद् भवनमा पत्रकार सम्मेलन

शुक्रवार , माघ ४, २०८१

काठमाडौं । विपक्षी दलको बैठक आज पनि बस्दैछ। 

शुक्रबार दिउँसो २ बजे संसद् भवनस्थित प्रमुख प्रतिपक्षी दलका नेता माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको कार्यालयमा बैठक बस्न लागेको हो। 

बैठकपछि आजै दिउँसो ३ बजे पत्रकार सम्मेलन गरेर बैठकका निर्णय सार्वजनिक गरिने प्रचण्डको सचिवालयले जनाएको छ।गएको बुधबार पनि प्रचण्डको आह्वानमा विपक्षी दलको बैठक सिंहदरबारमा बसेको थियो। बैठकले सरकार स्वेच्छाचारी बन्दै गएको निष्कर्ष निकालेको थियो। 

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार