मंगलवार, आश्विन २० गते २०८३

भीम रावल पुगे धनगढी, उनका समर्थकहरूले गरे स्वागत

शुक्रवार , माघ ४, २०८१

काठमाडौं । नेकपा एमालेको कारबाहीपछि अलग्गै राजनीतिक यात्रा थालेका नेता भीम रावल धनगढी पुगेका छन् । आज धनगढी पुगेका नेता रावललाई उनका समर्थकहरूले धनगढी विमान स्थलमा स्वागत गरेका हुन् ।

उनको पक्षमा जिन्दावादका नारा लगाएका उनका समर्थकले एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध मुर्दावादको नारासमेत लगाएका छन् ।

भ्रमणको क्रममा नेता भीम रावलले अत्तरियामा  आयोजित कार्यक्रमलाई सम्बोधन गर्ने र आफ्ना समर्थकहरूलाई भेटघाट गर्नेछन् । त्यसपछि उनी अछाम जानेछन् । 

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार