सोमवार, आश्विन १९ गते २०८३

रासायनिक मल कारखाना खोल्न पर्याप्त बिजुली भएन : प्रधानमन्त्री ओली

शुक्रवार , माघ ४, २०८१

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पर्याप्त बिजुली नभएकाले रासायनिक मल कारखाना खोल्न नसकिएको बताएका छन् । जलविद्युत आयोजनामा स्वदेशी लगानी जुटाउन उनले निजी क्षेत्रलाई आग्रह गरेका छन् ।

आज स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था इप्पानको कार्यक्रममा बोल्दै उनले भने, वैदेशिक लगानी खास नियमभित्र राखेर बोलाउँछौं । जलविद्युतमा नेपाली लगानी नै बढिरहेको छ । हामी नै लगानी गर्न जुटौं । हामी आफैं लगानी गर्ने हो भने अप्ठेरोमा परिँदैन ।

उनले अहिलेको समय विकास पूर्वाधारबाट अगाडि बढ्नुपर्ने बताएका छन् । पेट्रोल आयात कम गर्नुपर्ने बताउँदै प्रधानमन्त्री ओलीले आयातित फ्युल विस्थापित गर्ने योजनासमेत सुनाएका छन । साथै विकासको गति तीव्र हुने उनले आश्वासन दिएका छन् ।

प्रधानमन्त्री ओलीले भने, अध्यादेशले शासन चलाउन खोजे भनेर कतिले विरोध गरेका छन् । संसद बस्न अझै समय लाग्छ । २ महिना ढिला हुने भएकाले चाँडो काम गर्न यो ल्याइएको हो ।  ‘अध्यादेश छुट्टै पृथक होइन ।’ अध्यादेश काम गर्न ल्याइएको दोहोर्‍याउँदै उनले सबैले आफ्नो अधिकार र सीमाभित्र रहेर काम गर्नुपर्ने बताएका छन् ।

बस्ती बसेको ठाउँमा समेत जंगल भनेर दाबी गर्न खोज्नु गलत रहेको बताउँदै प्रधानमन्त्री ओलीले भने, ‘नक्कली जंगल धेरै छ । दशकौंदेखि जंगल फाडेर बसेका छन् । धनी पुर्जा छैन, तर बिजुली पुगेको छ, बस्ती बसेको छ । पक्की घर बनाएका छन् । ५ दशकदेखि मानिस बसोबास गरेर बसेको ठाउँमा समेत जंगल भन्ने भ्रम चिर्नुपर्छ ।’

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार