सोमवार, आश्विन १९ गते २०८३

इप्पानको रजत जयन्तीमा प्रधानमन्त्री ओली

शुक्रवार , माघ ४, २०८१

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले स्वतन्त्र ऊर्जा उत्पादक संघ(इप्पान) को रजत जयन्तीका अवसरमा आयोजित कार्यक्रममा सहभागी भएका छन् । 

रजत जयन्तीको अवसरमा आज म्यारियट होटलमा विशेष कार्यक्रम आयोजना गरिएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले स्वदेशमै फलामखानी र मल कारखानाजस्ता ठूला उद्योगको स्थापना हुने क्रममा रहेको र बन्द भएका उद्योगलाई नयाँ ढाँचामा सञ्चालनको तयारी भएकाले उत्पादित ऊर्जाको खपतको चिन्त लिइरहनु नपर्ने बताएका छन् ।

सरकारले आगामी ११ वर्षभित्र २८ हजार पाँच सय मेगावाट विजुली उत्पादनको मार्गचित्र तयार गरेको समेत उनले बताएका छन् । ‘हामीसँग आठ वटा औद्योगिक क्षेत्रहरु छन्, धौबादी फलाम खानी र मल कारखाना खोल्दैछौँ,’ ओलीको भनाइ छ, ‘दैलेखमा ग्याँस उत्पादन हुँदैछ । ध्वस्त भएको उद्योगहरुले पुनःजीवन पाउँदैछन् । ती सबैमा ऊर्जाका खपद हुनेछ।’

कार्यक्रममा प्रधानमन्त्री ओली, ऊर्जामन्त्री दीपक खड्का लगायत सहभागी भएका थिए । प्रधानमन्त्री ओलीले ऊर्जा क्षेत्रमा सरकारको लगानीका साथै निजी क्षेत्र र वैदेशिक क्षेत्रको लगानीलाई पनि उत्तिकै महत्व दिइएको बताएका छन् ।

 

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार