सोमवार, आश्विन १९ गते २०८३

बानेश्वरमा विपक्षी ६ दलको बैठक सुरु

शुक्रवार , माघ ४, २०८१

काठमाडौँ । नयाँ बानेश्वरको संघीय संसद् भवनस्थित प्रमुख प्रतिपक्षी दलका नेता नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को कार्यकक्षमा विपक्षी ६ दलको बैठक बसेको छ ।

माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपाल समाजवादी पार्टी, एकीकृत समाजवादी, आम जनता पार्टीका शीर्ष नेताहरू बैठकमा सहभागी छन् । बैठकपछि आज अपराह्न ३ बजे संसद भवनभित्रको ल्होत्से हलमा पत्रकार सम्मेलन गर्न लागेको विपक्षी दलहरूले जानकारी दिएका छन् ।

सरकारको कामकारबाहीप्रति असन्तुष्ट रहँदै आएका विपक्षी दलहरू पछिल्लो पटक सरकाले अध्यादेश जारी गरेपछि थप रूष्ट छन् । बुधबार पनि विपक्षी दलहरूको बैठक बसेको थियो । बैठकले सरकारले हिउँदे अधिवेशन बोलाउन विलम्ब गरिरहेको निष्कर्ष निकाल्दै सदन आह्वान गर्न दबाब दिने निर्णय गरेका हुन् ।

त्यस्तै बैठकले सरकाले सदन छलेर अध्यादेशमार्फत् शासन गर्न खोजेको भन्दै आपत्ति प्रकट गरेको हो । सदनमा विचाराधीन विधेयक पनि अध्यादेशकारूपमा जारी गरिनु गैरसंवैधानिक भएको भन्दै बैठकले आपत्ति प्रकट गरेको थियो । आज पनि यसै विषयमा छलफल गर्ने र साझा धारणामा रूपमा पत्रकार सम्मेलन गर्न लागिएको नेताहरूले बताएका हुन् ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार