सोमवार, आश्विन १९ गते २०८३

रविलाई फेरि ठुलै धक्का , चितवनमा मुद्दा चलाउन रायसहित प्रहरीले बुझायो प्रतिवेदन

शुक्रवार , माघ ४, २०८१

काठमाडौँ । साहरा सहकारी चितवनको रकम हिनामिनाको आरोप लागेका सात कम्पनी, रास्वपा सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेसहित ३१ जना विरुद्ध परेको पुरक जाहेरीको अनुसन्धान प्रतिवेदन तयार गरेर जिल्ला सरकारी वकिल कार्यालयमा पेश गरेको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी गौतम मिश्रका अनुसार साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्थाको बचत रकम अपचलन गरेको पुरक जाहेरी र सरकारी वकिलको कार्यालय चितवनले थप बुझ्नु भनेको विषयमा प्रहरीले अनुसन्धान गरेको प्रतिवेदन आज सरकारी वकिल कार्यालयमा दर्ता गरिएको हो ।

जिल्ला प्रहरी कार्यालय चितवनले १९६ पेज लामो अनुसन्धान प्रतिवेदनमा गोर्खा मिडिया प्रालिसहित रकम अपचलन गर्ने ६ वटा संस्था र रवि लामिछानेसहित ३१ जना र साहारा सहकारीलाई प्रतिवादी बनाइएको डीएसपी ज्ञानकुमार महतोले जानकारी दिए ।

चितवनको साहारा सहकारीबाट गोर्खा मिडिया नेटवर्क प्रालि, नेचर हब्र्स इन्टरनेसनल प्रालि, जीबी ग्रुप अफ कम्पनी, स्प्रिङ उड रियल स्टेट, नेचर नेस्ट प्रालि लगायतमा रकम गएको देखिएपछि उक्त रकमबारे पुरक अनुसन्धान गर्न जिल्ला सरकारी वकिलको कार्यालय चितवनले चितवन प्रहरीलाई निर्देशन दिएको थियो ।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार