सोमवार, आश्विन १९ गते २०८३

माधव नेपालबाहेक नेकपा एसका सबै नेता कार्यकर्तालाई एमालेको ढोका खुला

शुक्रवार , माघ ४, २०८१

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले माधव नेपालबाहेक नेकपा एकीकृत समाजवादीका नेता कार्यकर्तालाई एमालेमा ढोका खुला रहेको बताएका छन् ।

समाजवादी प्रेस संगठनका अध्यक्ष विश्वमणि सुवेदीलगायतलाई प्रेस चौतारीमा स्वागत गर्दै नेकपा एसको अब भविष्य नरहेको दाबी गरेका हुन् । उनले भने, ‘हामीले माधव नेपालको लागि ढोका खुला गरेका छैनौं । विश्वमणीजीलाई उहाँले गरेको कारवाहीको के अर्थ, चौतारीले दिएजस्तो सम्मान उहाँलाई दिने हो भने उहाँ नै आउनुहुन्छ । तर, उहाँले जे गल्ती गर्नुभएको छ । त्यो स्वीकार्य छैन ।’

उनले माधव नेपालबाहेक अरु नेताहरुलाई स्वागत गर्न आफूहरु तयार नै रहेको बताए ।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार