सोमवार, आश्विन १९ गते २०८३

एमाले सचिवालयको बैठक बोलाउने तयारी

आइतवार , माघ ६, २०८१

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमालेले सचिवालय बैठक बोलाउने तयारी गरेको छ ।  पुस २१ देखि २३ मा सम्पन्न केन्द्रीय कमिटी बैठकपछि सचिवालय बैठक बोलाउन लागिएको नेताहरूले बताएका छन् । एमाले केन्द्रीय कार्यालयका सचिव डा. भीष्म अधिकारीले सचिवालय बैठक बोलाउनेबारे छलफल भइरहेको बताएका छन् ।

बैठकको मिति र समय निश्चित भैसकेको छैन तर चाँडै सचिवालय बैठक बस्ने अधिकारीको भनाइ छ । केन्द्रीय कमिटी बैठकले माघदेखि चैतसम्म वडा र टोलसम्म सङ्गठन विस्तार गर्न तीन महिने जरा केन्द्रित अभियान चलाउने निर्णय गरेको हो ।

केन्द्रीय कमिटी बैठकका निर्णय अन्तरपार्टी निर्देशनमार्फत सर्कुलर जारी गर्नुअघि सर्कुलरलाई अन्तिम रूप दिन एमालेले केन्द्रीय सचिवालय बैठक बोलाउन तयारी छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार