काठमाडौँ । आज सिंहदरबारमा सत्ताधारी मधेसवादी दलको बैठक बसिरहेको छ । संविधान संशोधनलगायत अन्य समसामयिक विषयमा छलफल गर्नका लागि मधेसवादी दलको बैठक बसेको हो ।
बैठकमा महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी नेपाल, अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी, डा. सिके राउत नेतृत्वको जनमत पार्टी र रेशम चौधरी नेतृत्वको नागरिक उन्मुक्ति पार्टी सहभागी भएका छन् ।
मधेसवादी दलहरूको बिचमा मोर्चाबन्दी बनाउने गृहकार्य भइरहेका बेला सत्तामा रहेका मधेस केन्द्रित दलहरूको बैठक बसेको हो । संविधान संशोधनलगायत सरकार सञ्चालनका विषयमा कांग्रेस–एमालेले मात्र छलफल गरिरहेका छन् । बैठकमा सहभागी एक नेताका अनुसार यो विषयमा पनि छलफल गरिने छ ।