सोमवार, आश्विन १९ गते २०८३

लिम्पियाधुराको विषयमा त्रिदेशीय सहमति गर्न माग गर्दै राजधानीमा विरोध प्रदर्शन

आइतवार , माघ ६, २०८१

काठमाडौँ । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले एमसीसी सम्झौता, संविधान संशोधन र लिम्पियाधुराको विषयमा भारत–चीनबिच भएको द्विपक्षीय सहमति तथा संस्थागत भ्रष्टाचारको विरुद्धमा प्रदर्शन गरेको छ । आज सो पार्टीले राजधानीमा विरोध र्‍यालीको आयोजना गरेको हो ।

र्‍यालीमा लिम्पियाधुरामा त्रिदेशीय सहमति कायम गर, संविधान संशोधन होइन, खारेज गर लगायतका नारा लगाइएको छ । र्‍याली  शान्तिबाटिका, भद्रकाली, नयाँ सडक हुँदै इन्द्रचोक पुगेर कोणसभामा परिणत भएको हो । 

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार