मंगलवार, आश्विन २७ गते २०८३

धोविखोला करिडोर संरचनामा चल्यो डोजर

आइतवार , माघ ६, २०८१

काठमाडौं । काठमाडौं उपत्यका विकास प्राधिकरणले धोविखोला करिडोरमा बनेका सरकारी जग्गाका संरचनामा डोजर चलाएको छ ।

प्राधिकरणले काठमाडौं महानगरपालिका–७ स्थित धोविखोला करिडोरमा सरकारी जग्गा अतिक्रमण गरेर बनाइएका भवन भत्काउन सुरु गरेको हो । आज वडा अध्यक्ष विमल होडासहितको टोलीले पत्रकार सम्मेलन गरेर अतिक्रमित संरचना हटाउने बताएका हुन् । त्यसपछी लगत्तै डोजरले धोविखोला करिडोरका संरचना भत्काउन थालेको हो ।

मापदण्ड विपरीतको संरचना, सार्वजनिक जग्गामा बनेका संरचना हटाउने कार्य अनुसार आजबाट काम थालिएको उपत्यका विकास प्राधिकरणले बताएको छ । महानगरको वडा नम्बर ७ मा मात्रै करिब १४ रोपनी जग्गा अतिक्रमण भएको प्राधिकरणको भनाई छ ।

आज चाबहिलस्थित मालपोत कार्यालयसँगै बनेका भवन भत्काउने क्रममा केहीबेर स्थानीयले अवरोध गरेका थिए । त्यहाँ रहेका विभिन्न कारखानका मजदुरहरूले डोजर पुगेपछि अवरोध गरेका हुन् ।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार