काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ रित्तो गाग्री बोकेर काठमाडौं पुगेका छन् ।
त्रिभुवन विमानस्थल उत्रिएका मेयर साम्पाङले सरकारले धरानको खानेपानी समस्या समाधान नगरेकाले दबाबका लागि आएको बताएका छन् ।
मेयर साम्पाङले सरकारले जनतालाई खानेपानीको दीर्घकालीन व्यवस्था गर्न सक्नुपर्ने भन्दै आफू थोत्रे गाग्री बोकेर काठमाडौं जान लागेको बताएका थिए । हिजो उनले समर्थकहरूलाई भेला पारेर भानु चोकमा गाग्रीसहित प्रदर्शन गरेका थिए ।
उनले भोलि खाली गाग्रीसहित सिंहदरबार छिरेर खानेपानीमन्त्री र प्रधानमन्त्रीलाई भेट्ने बताएका छन् ।