काठमाडौं । मन्त्रिपरिषद् बैठक सिंहदरबारमा सुरु भएको छ ।
संसदको हिउँदे अधिवेशन बोलाउन राष्ट्रपति समक्ष सिफारिस गर्न दबाब बढिरहेकाबेला बैठक बसेको छ । संसद अधिवेशनका विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीले आज बिहान सभामुख देवराज घिमिरेसँग छलफल गरेका थिए ।
यस्तै विपक्षीदलहरुले पनि संसद बैठक बोलाउन माग गरिरहेका छन् । अघिल्लो बैठकबाट अध्यादेश ल्याउने निर्णय गरेपछि सरकारलाई संसद छलेर निर्णय गरेको आरोप लागेको छ।