सोमवार, आश्विन १९ गते २०८३

हर्क साम्पाङले रित्तो गाग्रीसहित सिंहदरबार जाने चुनौती दिएपछि सुरक्षा व्यवस्था कडा

मंगलवार , माघ ८, २०८१

काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले रित्तो गाग्रीसहित सिंहदरबार जाने चुनौती दिएपछि सुरक्षा व्यवस्था कडा पारिएको छ । साम्पाङले रित्तो गाग्रीसहित सिंहदरबार प्रवेश गर्ने भनेपछि प्रहरी तैनाथ गरीएको हो ।

सिंहदरबारको पूर्वी र दक्षिणी गेटमा अहिले बाक्लो संख्यामा प्रहरी तैनाथ गरिएको हो । रित्तो गाग्री वा अन्य कुनै विरोधका सामग्रीसहित प्रवेश गर्न नदिने प्रहरीको तयारी छ । प्रहरीका अनुसार साम्पाङलाई सामान्य रूपमा सिंहदरबार प्रवेशमा रोक लगाइएको  छैन् ।

हिजो काठमाडौं आइपुगेका मेयर साम्पाङ धरानको खानेपानी समस्या समाधान नगरेकाले दबाब दिन भन्दै रित्तो गाग्रीसहित सिंहदरबार छिर्ने बताउँदै आएका थिए ।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार