सोमवार, आश्विन १९ गते २०८३

संसदको हिउँदे अधिवेशन राष्ट्रपतिद्वारा आह्वान

मंगलवार , माघ ८, २०८१

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले यही माघ १८ गते शुक्रबारका लागि संघीय संसद्का दुवै सदनका अधिवेशन आह्वान गरेका छन् । राष्ट्रपति पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम दुवै सदनका अधिवेशन बोलाएका हुन् ।

संसद् अधिवेशन अन्त्य र आह्वान सरकारको सिफारिसमा राष्ट्रपतिले गर्ने संवैधानिक व्यवस्था छ । वर्षे अधिवेशन गत भदौ ३१ गते अन्त्य भएको थियो । लामो समयदेखि संसद् नचल्दा सरकारको विरोधसमेत भएको थियो । यसबीचमा सरकारले केही अध्यादेशसमेत ल्याएको थियो ।

यही माघ ७ गते बसेको मन्त्रिपरिषद् बैठकले संसद् अधिवेशन आह्वानका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो । सोबमोजिम राष्ट्रपति पौडेलले माघ १८ गते शुक्रबार दिउँसो १ बजे अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, नयाँबानेश्वरमा बस्ने गरी दुवै सदनका अधिवेशन आह्वान गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार