आइतवार, श्रावण २४ गते २०८३

अफगानिस्तानमा सुरक्षा कारवाहीमा परी ३८५ तालिवान लडाकु मारिए, २ सय १० घाइते

शनिवार , श्रावण २३, २०७८

काठमाडौं । अफगानिस्तानमा सुरक्षा कारबाहीमा परी थप ३८५ तालिवान लडाकु मारिएका छन् । पछिल्लो २४ घण्टामा भएका घटनामा परी २ सय १० जना घाइतेसमेत भएको सरकारी अधिकारीले जानकारी दिएका छन् ।

देशको रक्षा मन्त्रालयका अधिकारीले विभिन्न ठाउँमा भएका घटनामा सुरक्षाकर्मीलाई ठूलो सफलता प्राप्त भएको जनाएका छन् । विशेष गरेर नानगार्हार, जोगार, घज्नी, पक्तीका, मैदान वार्दाक, कान्दहर, हेरात, फाराह, ज्वोजान, सामान्गान, हेल्मन्ड, ताखार, बाघलान र कापिसा प्रान्तमा घटना भएका हुन् ।

पछिल्ला केही हप्ता अफगानिस्तानमा सुरक्षा कारबाहीमा परी मृत्यु भएकाको संख्यामा वृद्धि भएको जनाइएको छ । तालिवान लडाकुले देशका विभिन्न सहरलाई आफ्नो नियन्त्रणमा लिएको घोषणा गर्न थालेपछि सरकारी सुरक्षाकर्मीले पनि सुरक्षा कारबाही बढाएका हुन् ।

सम्बन्धित विषय:

प्रतिक्रिया
सम्बन्धित समाचार