मंगलवार, आश्विन २७ गते २०८३

असनको एक होम एप्लायन्सेस सामानको गोदाममा आगलागी

बिहिवार , माघ १०, २०८१

काठमाडौं । काठमाडौंको असन चोकमा रहेको एक घरमा आगलागी भएको छ । उक्त घरको ‘होम एप्लायन्सेस’ सामानको गोदाममा आगलागी भएको हो ।

बिहीबार अपराह्न साढे ३ बजेतिर असन चोकबाट महाबौद्ध मन्दिर जाने बाटोको घरमा रहेको गोदाममा आगलागी भएको हो । आगलागी भएपछि नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको दमकल नियन्त्रणका लागि पुगेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार आगो नियन्त्रणमा आउने क्रममा रहेको छ ।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार