मंगलवार, आश्विन २७ गते २०८३

लाजिम्पाटमा व्यवसायीमाथि रड आक्रमणको घटनामा संलग्न दुई अभियुक्त पक्राउ

शुक्रवार , माघ ११, २०८१

काठमाडौं । काठमाडौंको लाजिम्पाटस्थित इनोभा अस्पतालको पार्किङमा एक व्यवसायीमाथि भएको रड आक्रमणको घटनामा संलग्न भएको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । रड आक्रमणमा संलग्न रही फरार भएका दीपक बरामु र अजय लामालाई पक्राउ गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय स्रोतले जानकारी दिएको छ ।

प्रहरी स्रोतका अनुसार उनीहरुलाई भारतबाट पक्राउ गरीएको हो । नुवाकोटको ककनी गाउँपालिका-६ का ३५ वर्षीय घरजग्गा व्यवसायी विक्रम लामामाथि ११ कात्तिकमा आक्रमण भएको थियो । उनीमाथि रड आक्रमण भएको घटनामा प्रहरीले संगठित अपराध र ज्यान मार्ने उद्योगको कसुरमा मुद्दा चलाएको थियो ।

जसमध्ये निश्चल सुनार र मार्शल भनिने शैलेन्द्र तामाङ पुर्पक्षका लागि कारागार चलान भएका थिए । पक्राउ परेका अर्का प्रतिवादी पदम राई ५० हजार धरौटीमा रिहा भएका थिए । अर्का दुई प्रतिवादी लक्ष्मी राई र रमेश सिलवाल भने अझै फरार रहेका छन् । टीका भण्डारी र सिजन अधिकारीविरुद्ध भने जिल्ला सरकारी वकिलको कार्यालयले मुद्दा नचल्ने निर्णय गरेको थियो ।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार