आइतवार, कार्तिक ९ गते २०८३

एमाले केन्द्रीय कमिटी बैठक भोलीसम्मका लागि स्थगित

आइतवार , श्रावण २४, २०७८

काठमाडा । आजका लागि बोलाइएको नेकपा एमालेको केन्द्रीय कमिटी बैठक स्थगित भएको छ। 

पार्टी एकताका लागि छलफल भइरहेका बेला एकपक्षीय रुपमा बैठक बोलाइएको भन्दै माधव नेपाल पक्षले आपत्ति जनाएपछि बैठक भोलि बस्ने गरी स्थगित भएको हो। एमाले पार्टी कार्यालयका सचिव शेरबहादुर तामाङले एकतालाई ध्यानमा राखेर बैठक सारिएको बताए। माधव नेपाल पक्षले पार्टी एकताका लागि विभिन्न तहमा छलफल भइरहेका बेला केन्द्रीय कमिटी बैठक बसेर एक पक्षीय ढंगले कुनै पनि निर्णय गर्न नहुने भन्दै बैठक सार्न दबाब दिएको थियो। 

नेपाल पक्षले भने बैठक सारिनु स्वागतयोग्य भए पनि एक दिनका लागि मात्रै सारिएको भन्दै असन्तुष्टि जनाएको छ। नेपाल पक्षीय नेता भीम आचार्यले केही दिन बैठक सारेर कार्यदलले तयार पारेको दश बुँदे सहमति कार्यान्वयनमा प्रतिबद्ध भएपछि पार्टी एकता कुनै टाढाको विषय नभएको बताए। 

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार