मंगलवार, आश्विन २७ गते २०८३

ठमेलको एक गेष्ट हाउसमा २१ वर्षीया युवतीको शव फेला

आइतवार , माघ १३, २०८१

काठमाडौं । काठमाडौंको ठमेलस्थित एक होटलमा २१ वर्षीया युवतीको शव फेला परेको छ । काठमाडौं महानगरपालिका-२६ स्थित ड्रङ्किङ्ग ईन गेष्ट हाउसको कोठा नम्बर २०२ मा शव फेला परेको प्रहरीले जनाएको छ ।

रसुवा तातोपानी घर भएकी २१ वर्षीया समिरा तामाङको शव फेला परेको हो । उनी सोही होटलमा बसेकी थिइन् । काठमाडौं प्रहरी परिसरकी प्रवक्ता डीएसपी पूर्णिमा चन्दका अनुसार यसबारे प्रहरीले थप अनुसन्धान गरिरहेको बताइन् ।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार