मंगलवार, आश्विन २७ गते २०८३

इन्द्रचोकबाट स्रोत नखुलेको ३९ लाखसहित ४८ वर्षीय माधव श्रेष्ठ पक्राउ

सोमवार , माघ १४, २०८१

काठमाडौं । काठमाडौं महानगरपालिका-२४ इन्द्रचोकबाट स्रोत नखुलेको नगद ३९ लाख ७८ हजार रूपैयाँसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा चितवनको भरतपुर महानगरपालिका-१५ घर भई हाल काठमाडौं टोखा बस्दै आएका ४८ वर्षीय माधव श्रेष्ठ रहेका छन् ।

उनलाई हिजो दिउँसो काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरी इन्टिलिजेन्स शाखाबाट खटिएको टोलीले नगद सहित फेला पारी पक्राउ गरेका हुन् ।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार