आइतवार, कार्तिक ९ गते २०८३

राष्ट्रियसभाको बैठक आज बस्दै, यस्तो छ कार्यसूची

आइतवार , श्रावण २४, २०७८

काठमाडौं । राष्ट्रियसभाको बैठक आज बस्दैछ। 

दिउँसो १ बजे नयाँ बानेश्वरस्थित सांसद भवनमा बस्ने बैठकमा विभिन्न प्रतिवेदन तथा विधेयक प्रस्तुत गर्ने कार्यसूची रहेको छ। 

प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालको संविधानको धारा ५३ बमोजिम तयार गरिएको आर्थिक वर्ष २०७६र०७७ को नेपाल सरकारको वार्षिक प्रतिवेदन सभा समक्ष पेश गर्ने संसद सचिवालयले जनाएको छ। 

यस्तै प्रधानमन्त्री देउवाका तर्फबाट ‘सुरक्षण मुद्रण सम्बन्धी विधेयक, २०७७’ र ‘लोक सेवा आयोग विधेयक, २०७५ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत हुदैछ । बैठकमा ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्री पम्फा भुसालले ‘विद्युत विधेयक, २०७७ प्रस्ताव प्रस्तुत गर्नुहुने कार्यसूची रहेको छ।  

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार