मंगलवार, आश्विन २७ गते २०८३

काठमाडौंबाट धनुषा गएको बसमा भारतीय यात्रु मृत फेला

मंगलवार , माघ १५, २०८१

काठमाडौं । काठमाडौंबाट धनुषा गएको नाइट बसमा एक यात्रु मृत फेला परेका छन् । मंगलबार बिहान लालगढ पुगेको मधेश प्र ०४ ख ०१५७ नम्बरको बसमा भारतीय यात्रु मृत फेला परेका हुन् ।

उक्त बसमा भारतको मधुवनी जिल्ला सिम्री टोलका ७० वर्षीय जगदीश यादव मृत फेला परेका प्रहरीले जनाएको छ । लालगढमा यात्रुहरु शौचालय गर्न ओर्लिएपछि उनलाई मृत अवस्थामा देखेका थिए । ईलाका प्रहरी कार्यालय ढल्केबरका प्रहरी निरीक्षक जटाशंकर यादवले यात्रु यादवको मृत्यु कसरी भएको भन्ने बारे नखुलेको बताए ।

उनले बस नियन्त्रणमा लिएको र घटनाबारे अन्य यात्रु तथा बसका चालकसँग सोधपुछ गरिरहेको बताएका छन् । मृतकको स्वास्थ्य परीक्षणपछि मात्र मृत्युको कारण खुल्न सक्ने उनले बताएका छन् । मृतक यादव काठमाडौंबाट जटहीका लागि बस चढेका थिए ।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार