मंगलवार, आश्विन २७ गते २०८३

अछामका कांग्रेस क्षेत्रीय सभापति ताराप्रसाद खनाल पक्राउ

बुधवार , माघ २३, २०८१

काठमाडौं । मानव तस्करी तथा ठगीको अभियोगमा नेपाली कांग्रेस अछाम क्षेत्र नम्बर १ का क्षेत्रीय सभापति ताराप्रसाद खनाल पक्राउ परेका छन् ।

एसएसपी दिपेन्द्र जिसीका अनुसार खनाललाई मानव बेचबिखन अनुसन्धान ब्युरोले सोमबार काठमाडौंको महाराजगञ्जबाट पक्राउ गरेको बताएका छन्  । खनालको साथबाट २ करोड ७० लाखको चेक समेत बरामद भएको थियो ।

विभिन्न देशमा रोजगारीमा पठाइदिन्छु भनी करोडौं ठगी गरेको अभियोगमा खनालमाथि अनुसन्धान भइरहेको बताएका छन् । जिसीले पीडितहरुको जाहेरीका आधारमा पक्राउ गरिएको बताएका छन् ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार