सोमवार, आश्विन १९ गते २०८३

जसपा नेपालको संसदीय दलको बैठक बस्दै

आइतवार , माघ २७, २०८१

काठमाडौं । अध्यादेशबारे छलफल गर्न जनता समाजवादी पार्टी (जसपा) नेपालको संसदीय दलको बैठक बस्ने भएको छ ।

संसदीय दलको बैठक बिहान ११ बजे सिंहदरबारमा बस्दैछ । जसपा नेपालले अधयादेबारे अध्ययन कार्यदलको प्रतिवेदनमाथि छलफल गर्न लागेको छ । जसपा नेपालले कार्यकारिणी समितिको बैठकबाट उपाध्यक्ष राजकिशोर यादवको नेतृत्वमा कार्यदल बनाएर अध्यादेशहरूबारे अध्ययन गरेको छ । उक्त कार्यदलले गत मंगलबार र बुधबार गरेर १० जना विज्ञसँग छलफल गरेको थियो । विज्ञसँगको छलफलको आधारमा कार्यदलले सुझावसहितको प्रतिवेदन तयार पारेको छ ।

उक्त प्रतिवेदनउपर गत शुक्रबार समेत छलफल भएको थियो । तर, शुक्रबार संघीय संसद्को दुवै सदनको कार्यसूचीबाट अध्यादेश अगाडि बढाउने कार्यक्रम हटाइएको भनेर कुनै निर्णय गरेको थिएन । आइतबार पनि दुवै सदनको बैठक बस्ने भएको छ । दुवै सदनको सम्भावित कार्यसूचीमा अध्यादेश अगाडि बढाउने कार्यक्रम समावेश छैन ।

सदनको सम्भावित कार्यसूचीमा अध्यादेश नरहेको जानकारी भएको छ । तैपनि अध्ययन कार्यदलको प्रतिवेदनउपर छलफल गरिने एजेण्डा रहेको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार