शनिवार, आश्विन १७ गते २०८३

पन्ध्रौँ महाधिवेशनबाट पदाधिकारी थप्ने तयारीमा कांग्रेस

शनिवार , आश्विन १७, २०८३

काठमाडौँ । कांग्रेसले पदाधिकारी संख्या बढाउने भएको छ। १५औँ महाधिवेशनको पूर्वसन्ध्यामा कांग्रेसले पदाधिकारी संख्या थप्ने तयारी गरेको हो।

कांग्रेसमा पहिले पदाधिकारीको संख्या १४ रहेकामा विशेष महाधिवेशनमा विधान संशोधन गरेर तीन पदाधिकारी थपिएको थियो।

कांग्रेसको विधान संशोधन समितिका सदस्य सचिव प्रताप पौडेलका अनुसार पदाधिकारीको संख्या बढाउन पार्टीका विभिन्न तहबाट विधान संशोधन समितिमा राय(सुझाव आएका छन्।

‘यो पटक ३५ वर्षमुनिका युवाको ठुलो संख्या प्रवेश भएको छ। उनीहरूलाई समेत पदाधिकारीमा ल्याउनुपर्ने सुझाव आएको छ,’ उनले भने, ‘अर्कातर्फ महिलालाई समेत माथि लानुपर्ने दबाब छ। खुला सहमहामन्त्री हुनुपर्ने माग पनि छ।’

महामन्त्री प्रदीप पौडेल संयोजकत्वको विधान संशोधन समिति र पदाधिकारीबिच शनिबार (आज) छलफलपछि विधान संशोधनको प्रस्ताव तयार पार्न लागिएको हो।

यसपछि उक्त प्रस्ताव केन्द्रीय कार्यसमितिले निर्णय गरेर महाधिवेशनमा लैजाने र महाधिवेशनबाट अनुमोदन भएपछि कार्यान्वयन हुने पौडेलको भनाइ छ।

कांग्रेस महाधिवेशनको बन्दसत्र र उम्मेदवारी दर्ता कार्यक्रम असोज १९ मै रहेकाले प्रस्ताव हुने विधान अनुमोदन भएर यही महाधिवेशनमा कार्यान्वयन हुन्छ या आगामी महाधिवेशनमा टंगिसकेको छैन।

विधानमा हुने संशोधनका अधिकांश विषय अर्को महाधिवेशनमा कार्यान्वयन हुने छन् भने पदाधिकारी थपको विषय यही महाधिवेशनमा कार्यान्वयनमा जाने सम्भवना बढी छ।

कांग्रेसको अहिलेको विधानमा सभापति एक, उपसभापति र महामन्त्री दुई–दुई, आठ क्लस्टरबाट आठ सहमहामन्त्री निर्वाचित हुने व्यवस्था छ ।

केन्द्रीय कार्यसमितिबाट अनुमोदन हुने गरी सभापतिले तीन सहमहामन्त्री र एक जना कोषाध्यक्ष मनोनयन गर्ने प्रावधान छ। २ उपसभापति, १ महामन्त्री र १ सहमहामन्त्रीको संख्यामा बडढाउने विषयमा छलफल भइरहेको छ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार