काठमाडौँ । वरिष्ठ पत्रकार हरि लम्सालको ७८ वर्षको उमेरमा निधन भएको छ।ह्याम्स अस्पतालमा फोक्सोको उपचारका क्रममा उनको मृत्यु भएको हो।
लम्साल नेपाल पत्रकार महासंघ काठमाडौँ शाखाका पूर्वसभापति थिए। उनका दुई छोरा, दुई जना छोरी र श्रीमती छन्।
यसैबिच नेपाल पत्रकार महासंघका पूर्वसभापति तारानाथ दाहालले पत्रकार लम्सालको निधनप्रति दुःख व्यक्त गरेका छन्। यस क्रममा उनले लम्सालले नेपाली पत्रकारितामा निरन्तर ५० वर्षभन्दा बढी समय योगदान गरेको उल्लेख गरेका छन्।
उनका अनुसार लम्सालले राष्ट्रवाणी साप्ताहिकमा सम्पादकीय नेतृत्व पनि सम्हालेका थिए।