सोमवार, आश्विन १९ गते २०८३

प्रधानमन्त्री ओलीले भने–अध्यादेश पारित गर्न गणपूरक संख्या गन्ने बेला आइसकेको छैन

आइतवार , माघ २७, २०८१

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अध्यादेश संसद्‍बाट पारित हुने वा नहुने विषयमा अहिले टिप्पणी गर्ने बेला नभएको बताएका छ्न् ।

सङ्घीय संसद् भवन परिसरमा अध्यादेश सम्बन्धमा सञ्चारकर्मीले सोधेको प्रश्नको संक्षिप्त प्रतिक्रिया दिँदै उनले अहिले संसद्को गणपूरक सङ्ख्या गन्ने बेला आइनसकेको बताएका छन् ।

संसद्को हिउँदे अधिवेशन सुरू हुनुअघि सरकारले विभिन्न मितिमा छवटा अध्यादेश जारी गरेको थियो । संसद् नियमावली अनुसार संसद् बैठक सुरू भएपछि अध्यादेशहरू पेस गर्नुपर्ने प्रावधान रहेको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार