सोमवार, आश्विन १९ गते २०८३

प्रतिनिधिसभाको बैठक सुरु

आइतवार , माघ २७, २०८१

काठमाडौं । निर्धारित समयभन्दा पौने २ घण्टापछि प्रतिनिधिसभाको बैठक सुरु भएको छ । दिउँसो १ बजेका लागि तय भएको प्रतिनिधिसभाको बैठक पौने ३ बजे सुरु भएको हो ।

बैठकअघि सभामुख देवराज घिमिरेले शीर्ष दलका सचेतकसँगको छलफल गरेका थिए । उक्त बैठक लम्बिएपछि प्रतिनिधिसभाको बैठक धकेलिएको हो ।

बैठकमा अहिले आकस्मिक समयमा सांसदहरुले आआफ्नो धारणा राखिरहेका छन् । नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसी र नेकपा एमालेका सांसद ठाकुरप्रसाद गैरले समसामयिक विषमया धारणा राखेका छन् ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार