सोमवार, आश्विन १९ गते २०८३

गिरिजाकी पुत्रीको घोषणा - अब कांग्रेसको सभापति र प्रधानमन्त्री शेखर कोइराला

सोमवार , माघ २८, २०८१

काठमाडौँ ।  नेपाली कांग्रेसकी नेतृ सुजाता कोइरालाले पार्टी सभापति शेरबहादुर देउवा असफल भइसकेको बताएकी छन् । 

‘गिरिजाप्रसाद कोइराला र वर्तमान राजनीति’ विषयक विचार गोष्ठीमा आफ्नो भनाइ राख्दै उनले अहिलेका सभापति शेरबहादुर देउवाको कुनै विचार नै नभएको र पूर्णरूपमा असफल भएको टिप्पणी गरिन्की हुन् । सुजाता गिरिजाकी पुत्री हुन् ।

आफू एउटा कुरामात्रै भन्ने भन्दै उनले देउवाले कांग्रेस हाँक्न नसक्ने निचोड सुनाइन् । उनले अब कांग्रेसको सभापति र प्रधानमन्त्री शेखर कोइराला हुने घोषणा गर्दै आफ्नो पूर्ण समर्थन हुने बताइन् ।

 

 

 

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार