काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली पनि जेल पर्न सक्छन् ? अहिले यो प्रश्न व्यापक रुपमा खडा भएको छ । प्रधानमन्त्री ओलीविरुद्ध सर्वोच्च अदालतमा मुद्धा दर्ता भएसँगै यो प्रश्न खडा भएको हो ।
गिरीबन्धु टी स्टेट्ससम्बन्धी फैसला कार्यान्वयन नगरेर अदालतको अवहेलनामा कारवाही हुनुपर्ने मागस ओलीविरुद्ध सर्वोच्चोे अवहेलनासम्बन्धी निवेदन दर्ता भएको हो ।
अधिवक्ता ओमप्रकाश अर्यालले गिरीबन्धुको मुद्दामा सर्वोच्चको संवैधानिक इजलासबाट जारी भएको निर्देशनात्मक आदेश कार्यान्वयन नभएको र फैसला कार्यान्वयनमा उल्टै अवरोध भएको दाबीसहित अवहेलनाको निवेदन दर्ता गराएका हुन् ।
गिरीबन्धु जग्गा प्रकरणमा ओली पनि मुछिएका छन् । २४ माघ २०८० मा सर्वोच्च अदालतको संवैधानिक इजलासले गिरीबन्धु सम्बन्धी मुद्दाको फैसला गरेको थियो । त्यतिबेला सर्वोच्च अदालतले जग्गासँग सम्बन्धित तीनवटा आदेश जारी गरेको थियो ।
पहिलो, सर्वोच्चले त्यतिबेला हदबन्दी छुटमा दिइएको जग्गाको उपयोगको अवस्था पत्ता लगाउनु भनेको थियो । अनि खाली राखिएको अवस्थाको जग्गा पहिचान गर्नु भनेको थियो । दोस्रो, प्रयोग नभएको वा अन्य प्रयोजनमा उपयोग भएको जग्गा तत्काल सरकारको नाममा ल्याउन भनी आदेश गरेको थियो ।
तेस्रो, हदबन्दीभन्दा बढी देखिएको र चिया उद्योगको नाममा उपयोग नभएको गिरीबन्धुको जग्गा सरकारको नाममा ल्याउनु भनी आदेश दिएको थियो । तर,अहिलेसम्म फैसला कार्यान्वयन भएको छैन ।
उल्टै गिरीबन्धु प्रकरण सत्ताको आडमा सामसुम पार्न खोजिएको छ । यदि निवेदकको रिट दावी पुगेको खण्डमा सर्वोच्चले ओलीमाथि कारबाहीको आदेश सुनाउन पनि सक्छ ।