काठमाडौं ।पशु बधशाला तथा मासु जाँच ऐन, २०५५ को प्रभावकारी कार्यान्वयनका लागि कृषि, वन तथा पर्यावरण मन्त्री गिता चौधरीले सङ्घ, प्रदेश र स्थानीय तहबीचको समन्वय सुदृढ गर्दै आवश्यक पूर्वतयारी तीव्र बनाउन निर्देशन दिनुभएको छ।
स्थानीय तहका प्रमुख तथा प्रतिनिधिहरूसँगको छलफलमा मन्त्री चौधरीज्यूले साना तथा परम्परागत मासु व्यवसायीको संरक्षणसँगै व्यवसायलाई क्रमशः आधुनिकीकरण र व्यावसायीकरण गर्नुपर्नेमा जोड दिनुभयो।
उपभोक्तालाई स्वच्छ, सुरक्षित तथा गुणस्तरीय मासु उपलब्ध गराउने अभियानलाई प्रभावकारी रूपमा अघि बढाउन मन्त्रालय प्रतिबद्ध रहेको मन्त्री चौधरीले बताउनुभयो।