काठमाडौँ । ७८ वर्षीया शेरबहादुर देउवा नेपाली राजनीतिका नम्बर वान चतुर खेलाडी हुन् । शुदुरपश्चिमको डडेल्धुराबाट काठमाडौँ छिरेर नेपाल राजनीतिका हिरो बनेका देउवा पछिल्लो समय भने शारीरिक र राजनीतिक दुबै रुपमा कमजोर बनेका छन् ।
उनी कर्सीमा बसेपछि उठ्न सक्दैनन् । उनका सहयोगीले हात समातेर उठाउनु पर्छ । यता राजीतिकतर्फ पनि उनको विकल्प हेर्न थालिएको छ । अब कांग्रेसको सभापतिका लागि तिन जना अघि सरेका छन् । ती तिन जनाको नाम हो, शेखर कोइराला, गगन थापा र देउवा पत्नि आरजु राणा । यसैबीच कांग्रेस नेतृ सुजाता कोइरालाले अहिलेका सभापति देउवाको कुनै विचार नै नभएको र पूर्णरूपमा असफल भएको टिप्पणी गरेकी छिन् ।
सुजाता गिरिजाकी पुत्री सुजताले अब अब कांग्रेसको सभापति र प्रधानमन्त्री शेखर कोइराला हुने भन्दै घोषणा नै गरिन । तर, देउवा बुढो बाघ हुन् भने, देउवाको सामु शेखरको केही पनि लाग्दैँन ।
कोइराला परिवारबाट कांग्रेसको नेतृत्व हातमा ल्याउन सफल भएका एक मात्र पात्र हुन्- देउवा । एमाले कांग्रेसको हालको समिकरण तलमाथि नभए देउवा छैटौँ पटक प्रधानमन्त्री बन्ने पक्का नै हो ।
कांग्रेसको सभापतिका लागि भने देउवाले जसलाई समर्थन गर्यो त्यही व्यक्ति सभापति हुने सम्भावना उच्च छ । उस्तै परे देउवाले गगनलाई सभापतिमा समर्थन गर्न पनि सक्छन् । यता गगन थापा त्यहि भएर देउवाको विरुद्धमा मुख खोल्दैँनन् । अब आफू सभापतिका लागि नउठ्ने देउवाले घोषणा गरिसकेका छन् ।