सोमवार, आश्विन १९ गते २०८३

प्रतिनिधिसभाको बैठक बस्दै, भ्रष्टाचार निवारण विधेयक पारित गर्ने तयारी

मंगलवार , माघ २९, २०८१

काठमाडौँ । आज पनि प्रतिनिधिसभाको बैठक बस्दै छ । आज दिउँसो १ बजे नयाँबानेश्वरस्थित संसद भवनमा बस्ने गरी बैठक बोलाइएको छ ।

आजको बैठकमा उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले निकासी पैठारी (नियमन) विधेयक २०८१ लाई प्रस्तुत गर्न अनुमति माग्नेछन् । त्यस्तै उक्त विधेयक मन्त्री भण्डारीले प्रस्तुत गर्ने सम्भावित कार्यसूची तय गरिएको संसद सचिवालयले जनाएको छ ।

त्यस्तै प्रधानमन्त्री केपी शर्मा ओलीले राज्य व्यवस्था तथा सुशासन समितिको प्रतिवेदनसहितको राष्ट्रियसभामा उत्पति भएको भ्रष्टाचार निवारण (पहिलो संशोधन) विधेयक २०७७ माथि छलफल गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ । प्रधानमन्त्री ओलीले उक्त विधेयक पारित गरियोस् भनी प्रस्ताव गर्ने कार्यसूची छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार