आइतवार, श्रावण २४ गते २०८३

वीपिनसहितका बन्धकलाई हमासले रिहा नगरे ट्रम्पले हजारौँ मानिसलाई नर्क पुगाउने

मंगलवार , माघ २९, २०८१

काठमाडौँ । अमेरिकाका शक्तिसाली राष्ट्रपति डोनाल्ड ट्रम्पले हजारौँ मानिसलाई नर्क पुगाउने बताएका छन् । अहिले ट्रम्प निकै आक्रोशित बनेका छन् । हमासले इजरायली बन्धकहरूको रिहाई रोक्ने धम्की दिएपछि ट्रम्प आक्रोशित बनेका हुन् । 

ट्रम्पले आफू राष्ट्रपतिमा निर्वाचित भएपछि हमास र इजरायलको युद्ध रोक्ने घोषणा गरेका थिए । जसअनुसार उनकै पहलमा हमासले इजरायली बन्धकहरूको रिहाई गर्ने सहमति भएको थियो । तर, हमासले एकाएक उक्त सहमति तोडेको छ । जसले गर्दा हमासको बन्धकमा रहेका कञ्चनपुरका वीपिन जोशी पनि रिहाइ हुने आशा मरेको थियो ।

 तर, ट्रम्पले हमासले शनिबार राति १२ बजेसम्म सबै बन्धक रिहा नगरे युद्दबिराम रद्द  हुने  र नर्कका ढोकाहरू खुल्ने भन्दै कडा चेतावनी दिएका छन् । ट्रम्प अमेरिकाको राष्ट्रपतिमा निर्वाचित हुदाँ निराश भएका नेपाली अहिले भने निकै खुसी भएका छन् । अब वीपिनलाई हमासको बन्धकबाट रिहा गराउने सक्ने भनेकै ट्रम्प मात्र हुन् ।

‘तर जहाँसम्म मेरो कुरा छ, शनिबार राति १२ बजेसम्म सबै बन्धक रिहा भएन भने त्यो युद्दबिराम रद्द हुन सक्नेछ, नर्कका ढोकाहरू खुल्नेछन्। बाँकी सबै बन्धकहरूलाई रिहा अब हुनुपर्छ’ ट्रम्पले भने, ‘ति सबै बन्दी हामी फिर्ता चाहन्छौं।’

यदि हमासले ट्रम्पको भनेको नमानेको खण्डमा फेरि ठुलै भिडन्त निश्चित हुने पक्का पक्की नै छ । ट्रम्प यस्ता व्यक्ति हुन्, उनी जस्तो सुकै कदम चाल्न पनि बेर लगाउदैनन्। यता ट्रम्पको चेतावनीले गर्दा फेरि वीपिन छुट्ने आश गरिएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार