बुधवार, आश्विन १४ गते २०८३

कमलपोखरी शान्दार म:म ग्यास विस्फोटबाट घाइते भएका २ जनाको मृत्यु

मंगलवार , माघ २९, २०८१

काठमाडौं । काठमाडौंको कमलपोखरीमा रहेको कमलपोखरी शानदार मःम पसलमा ग्यास सिलिन्डर विस्फोट हुँदा घाइते भएका २ जनाको मृत्यु भएको छ ।

कीर्तिपुर बर्न अस्पतालमा उपचारका क्रममा घाइते रविन राई र भीमबहादुर घलेको मृत्यु भएको जिल्ला प्रहरी परिसर, काठमाडौंले जानकारी दिएको छ ।

परिसरका एसपी अपिलराज बोहोराका अनुसार घाइतेको सोमबार मृत्यु भएको हो । गत बिहीबार मस्म पसलको ग्यास विस्फोट हुँदा ११ जना गम्भीर घाइते भएका थिए । उनीहरुको कीर्तिपुर अस्पतालमा उपचार भइरहेको छ ।

 

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार