सोमवार, आश्विन १९ गते २०८३

माओवादी र रास्वपा सांसदको अवरोधपछि प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित

मंगलवार , माघ २९, २०८१

काठमाडौं । प्रतिपक्षी दलको अवरोधपछि प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित भएको छ । नेपाली कांग्रेसका सांसद रामहरि खतिवडालाई बोल्न दिएकोप्रति आपत्ति जनाउँदै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र नेकपा माओवादी केन्द्रले आपत्ति जनाउँदै बैठक अवरोध गरेका थिए ।

आकस्मिक र शून्य समय सकिएपछि कुन प्रक्रियाअन्तर्गत समय दिइएको हो भन्दै रास्वपा सांसद गणेश पराजुलीले आपत्ति जनाएका छन् । उनले सांसद खतिवडाले बोलेको अभिव्यक्ति रेकर्डबाटै हटाउनुपर्ने बताएका छन् । उपसभामुख इन्दिरा राना मगरले आकस्मिक समय दिन बिर्सिएकाले खतिवडालाई बोल्न दिइएको स्पष्टीकरण दिएकी छन् ।

यद्यपि माओवादी र रास्वपा सांसदहरूले अवरोध गरिरहेका थिए । उनीहरूले अवरोध जारी राखेपछि सभामुख देवराज घिमिरेले बैठक १५ मिनेटका लागि स्थगित गरेका छन् ।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार