सोमवार, आश्विन १९ गते २०८३

उपसभामुख इन्दिराका कारण किन गरियो प्रतिनिधिसभा बैठक स्थगित ?

मंगलवार , माघ २९, २०८१

काठमाडौं । प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित भएको छ । आजको बैठकमा अनौठो दृश्य देखियो । विशेष समय सुरु भइसकेपछि फेरि शून्य समयकै जस्तो अभ्यास भएको थियो । आकस्मिक समय र शून्य समयमा सांसदहरूले बोलिसकेपछि विशेष समय सुरु भएको हो ।  

विशेष समयमा कांग्रेस सांसद रामकृष्ण यादवले बोलेपछि तलबाट कांग्रेसकै सांसद रामहरि खतिवडाले समय मागेका थिए । सभामुखको आशनमा रहेकी उपसभामुख इन्दिराले उनलाई तुरुन्तै दुई मिनेटको समय दिइन् । त्यसपछि खतिवडा बोल्न थाले । तर, यो प्रतिनिधिसभाको बैठक सञ्चालन परम्पराको विपरीत थियो । त्यसपछि राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद गणेश पराजुलीले नियामपत्ति गरेका हुन् ।

संसद नियामवलीअनुसार बैठक नचले नियामपत्ति जनाउन सकिने व्यवस्थाअनुसार उनले नियामपत्ति जनाएका थिए । उनले खतिवडाले बोलेको विषय संसदको रेकर्डबाट हटाउन माग गरेका थिए । त्यसपछि सबै विपक्षी आसनबाट उठेपछि बैठक १५ मिनेटका लागि स्थगित गरियो । सभामुख देवराज घिमिरेले बैठक १५ मिनेटका लागि स्थगित गरेका हुन् ।

खासमा उपसभामुख इन्दिराले गरेको गडबडीले आजको बैठक केही समयका लागि स्थगित गर्नुपर्ने अवस्था आएको थियो । 

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार