काठमाडौं । गायिका एलिना चौहानले पति विष्णुसँग औपचारिक रुपमा सम्बन्ध विच्छेद गरेकी छन् । गायीका एलिना चौहान र विष्णु सापकोटाबीचको वैवाहिकसम्बन्ध कानुनी रुपमै टुंगिएको छ ।
आज जिल्ला अदालत काठमाडौँमा एलिना र विष्णुका परिवार उपस्थित भएर सम्बन्ध विच्छेद पत्रमा हस्ताक्षर गरेसँगै उनीहरूको सम्बन्ध विच्छेद भएको हो । सम्बन्ध विच्छेदका लागि एलिनाले केहीदिन पहिले नै अदालतमा निवेदन दिएकी थिइन् । आज दुवै पक्ष अदालतमा उपस्थित भए पनि अष्ट्रेलियामा रहेका विष्णुले अधिकृत वारेसनामामार्फत सम्बन्ध विच्छेदमा हस्ताक्षेर गरेका छन् । विष्णुका बुवाआमा अदालतमा उपस्थित भएका थिए ।
यस्तै एलिना पनि परिवारसहित उपस्थित भएकी थिइन् । उनले विष्णुसँग कुनै सम्पत्ति नलिई सम्बन्ध विच्छेद गरेकी छन् । उनीहरूले एकअर्काले लगाएका गहना भने फिर्ता गरेनन् । गएको वैशाखमा उनीहरूले विवाह गरेका थिए । सम्बन्ध विच्छेदपछि आफूले पाउने सम्पत्ति नलिने एलिनाले घोषणा गरेकी छन् । उनले सामाजिक सञ्जालमा लेखेकी छन्, ।
प्रिय बिष्णु,
‘अग्निलाई साक्षी राखेर ७ फेरा लगाउदा गलेका खुट्टाहरु अझै उस्तै छन्, । तिम्रो हातले रंगिएको मेरो सिउदो अनि सिन्दुरका डोबहरु अझै उस्तै छन्, । तिम्रा नाममा लगाएका हातभरिका चुरा अनि छिनछिन आवाज अझै उस्तै छन्, । हामीलाई दुईबाट एक बनाएको सेतो लगनको गाँठो अझै उस्तै छ, । वडा कार्यालयमा गएर बनाएको हाम्रो विवाहदर्ताको प्रमाणपत्र अझै उस्तै नयाँ छ, । तर फेरा, चुरा, सिन्दुर, लगनगाँठो, विवाहदर्ता र शारीरिक मिलन मात्रै विवाह होईन रहेछ, । भावनात्मक मिलन, आपसी विश्वास र समझदारी नै विवाहको मुख्य प्राण रहेछ । जुन रहेन अनि हाम्रो सम्बन्धमा अल्पायु मै पुर्णविराम लागेको छ, । यो रहरले होईन, । जुन बाध्यता तिमि, मलाई र भगवानलाई मात्र थाहा छ, । आजदेखी स्वतन्त्र भएर कानुनी रुपमै आ–आफ्नो गन्तव्य तय गर्न बाटो खुलेको छ, । पत्नीका रुपमा अधिकारले मैले पाउने सम्पत्ति तिम्रै प्रगति र उन्नतिका लागि छोडेको छु, । तिमीलाई बाँकी जीवनको धेरै धेरै शुभकामना बिष्णु ।’