काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले देश चलाइरहँदा भ्रष्टाचार व्याप्त हुने सूचीमा नेपाल एकस्थान माथि उक्लिएको छ ।
राजनीतिक दलका शीर्ष नेताहरु मध्ये सबै भन्दा बढी भ्रष्टाचार नियन्त्रण गर्छु भन्नेमा ओली पर्दछन् । तर, यीनै ओली प्रधानमन्त्री हुदाँ देशभर भ्रष्टाचार झन झन मौलाइरहेको पुष्टि भएको छ ।
ट्रान्सपरेन्सी इन्टरनेशनल ९टीआई० को प्रतिवेदनले नेपाल थप भ्रष्ट देश बनेको देखाएको हो । यसअघि ट्रान्सपरेन्सी इन्टरनेशनलको भ्रष्टाचार अवधारणा सूचांकमा नेपाल ३५ औँ स्थानमा थियो भने थप भ्रष्ट बन्दै ३४ औँ स्थानमा आइपुगेको छ ।
भ्रष्टाचार अवधारणा सूचांक २०२४ मा नेपालले १०० मा ३४ अङ्क प्राप्त गरेको छ । सो नतिजाले भ्रष्टाचार अझ प्रभावकारी रूपले बढ्दै गएको देखाएको छ ।
१८० देश सम्मिलित यस सूचांकमा डेनमार्क विगत ७ वर्षदेखि लगातार ९० अङ्क प्राप्त गरी विश्वको सबैभन्दा कम भ्रष्टाचार हुने मुलुकको रूपमा रहेको छ । मुलुकको आर्थिक अवस्था जर्जर छ। तर, भ्रष्टाचार भने मौलाउँदो छ। १० वर्षयता मुलुकमा भ्रष्टाचार नियन्त्रणमा कुनै सुधार हुन सकेको छैन।
लोकतन्त्रमा पौडी खेलिरहेका नेताहरु भने भ्रष्टाचार नियन्त्रण गरिरहेका छौँ भन्दै चिल्ला भाषण ठोक्छन् । तर, देशमा झन झन भ्रष्टाचार मौलाउदै गइरहेको छ । जहाँत्यहि भ्रष्टाचार छ । अनि कसरी नेपाल विकासको गतीमा अगाडि बढ्छ रु नेताहरुले कालो धन लुकाएर विदेशमा थुपार्ने गर्छन ।
भ्रष्टहरुका लागि नेपाल स्वर्ग
भ्रष्टहरुका लागि नेपाल स्वर्ग छ । त्यसैगरी कालो धन थुपार्नेहरुका लागि स्वर्णभूमी हो स्वीजरल्याण्ड । सन्तान समेत विदेशमा थुपार्ने नेपाली नेता र व्यापारीका लागि समेत स्वीस बैंक स्वर्गजस्तै बनेको छ । नेपालमा पञ्चायतदेखि नै लुटको धन स्वीस बैंकमा राखेका विषय सार्वजनिक हुन्छन् । तर अनुसन्धान गर्ने हिम्मत कसैले पनि गर्दैन रु
लोकतन्त्रका नाइके नै स्वीस प्रकरणमा मुछिए
स्वीस बैंकमा नेपालीको कालो धन प्रकरणले राणा शासन र बडामहारानी ऐश्वर्या ९पम्फादेवी०पछि २०७१ सालमा सनसनी नै मच्चायो । २०७१ सालमा खोज पत्रकारहरूको अन्तर्राष्ट्रिय संयन्त्र ‘दी इन्टरनेशनल कन्सोर्टियम अफ इन्भेष्टिगेटिभ जर्नालिष्टस्’ ९आईसीआईजे० ले ‘स्वीस बैंकमा नेपालीको साढे ५ अर्ब’ रुपैया रहेको सार्वजनिक गर्यो । सन् २०२१ सम्म आइपुग्दा यो रकम बढेर ३९ अर्व रुपैयाँ पुगिसकेको स्वयं स्वीस बैंककै रिपोर्टले पनि भन्छ । तर, पैसा राख्ने नेपालीको नाम भने खुलाइएन । यो रहस्यमय सम्पत्ति कसको होला भन्ने विषयले सबैको ध्यान केन्द्रित भयो । त्यसबेला धेरैको आशंका थियो, र अहिले पनि छ यसमा राजनीतिक नेतृत्व र व्यापारीहरु नै धेरै छन् ।
प्रचण्ड
प्रचण्डमाथि आशंका गर्नुको कारण हो, २०५२ सालपछि स्वीस बैंकमा नेपालीहरुले जम्मा गरेको रकम बढ्दै थियो । २०१७ मा नेपालीहरुको १ अर्ब २४ करोड ७७ लाख ४६ हजार रुपैयाँ बचत गरेको देखिन्छ । तर द्वन्द्वकालको १० वर्षे अवधिमा यो रकम २७ अर्ब १५ करोड ७ लाख ३६ हजार रुपैयाँ पुुगिसकेको थियो । द्वन्द्व सकिएपछिका दुुई वर्षमा सबैभन्दा बढी रकम बचत भएको छ । २०६३ सालमा मात्रै ४ अर्ब १५ करोड बचत भएको देखिन्छ । यसरी माओवादीको शशस्त्र युद्धपछि स्वीस बैंकमा नेपालीले राखेको रकम बढ्न थालेपछि माओवादीका अध्यक्ष पुष्पकमल प्रचण्डमाथि कतिपयले आशंका गरे । त्यसबेला प्रचण्डको खातामा मात्रै १० अर्ब भएकोसमेत हल्ला चल्यो । भारतीय र स्वीस बैंकमा लुकाइएको कालोधनको खोजी गर्न भन्दै २०७१ को फागुनमा अर्थसमितिको बैठक बस्यो र, उक्त बैठकमा केही सभासदले भने, ‘द्वन्द्वको समयमा धेरै बैंकहरु लुटिए, अर्बौं रकम चन्दा उठाइयो, यो रकम विदेशी बैंकमा गएको भन्ने नेपाली जनतामा गम्भीर आशंका छ । सरकारले तत्काल सत्यतथ्य छानविन गरोस्।’
ओली
२०७७ सालमा प्रधानमन्त्री केपी शर्मा ओलीको स्वीस बैंकमा खाता रहेको र त्यसमा ५५ लाख अमरिकी डलर जम्मा भएको सनसनीपूर्ण खुलासा ‘ग्लोबल वाच एनालिसिस’ले गर्यो । सो रिपोर्टमा जेनेभाको मिराबौड बैंकमा उक्त खाता रहेको रोल्यान्ड ज्याकार्डद्वारा तयार पारिएको रिपोर्टमा उल्लेख छ । ओलीको पत्नी राधिका शाक्यसँग संयुक्त खाता रहेको समाचार रिपोर्टमा भनिएको थियो । प्रधानमन्त्री ओलीको केही वर्ष यता सम्पत्ति निकै बढेको चर्चा हुन थाल्यो ।
सम्पत्ति कसरी जम्मा भयो भनेर समेत लेखिएको छ । ओली पहिलोपटक प्रधानमन्त्री बन्दा र दोस्रो पटक प्रधानमन्त्री बन्दा भ्रष्टाचारहरु गरेको रकम स्वीस बैंकमा लुकाएको आरोप लाग्यो । त्यसपछि प्रधानमन्त्री ओलीको सचिवालयले ओलीको स्वीस बैंकमा खाता नै नभएको भन्दै बचाउ गरेको थियो । त्यसलगत्तै ओलीको कम्बोडियाको टेलिकममा समेत लगानी रहेका बिषय समेत सार्वजनिक गरिए । तर, त्यसमा छानविन गर्नुको साटो साधारण जनताले त हेर्न सक्दैनन् आरोप लगाउनेले र प्रतिकार गर्नेले जे बोलिदिए पनि हुन्छ भन्ने शैलीमा ओली नै प्रस्तुत भएका थिए ।
देउवा–आरजु
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उनकी पत्नि आरजु राणामाथि पनि विदेशमा धन थुपारेको आरोप बेलाबखत लाग्ने गरेको छ ।
राजनीतिमा पाँच पटकसम्म प्रधानमन्त्री भइसकेका देउवा र उनलाई आरजुले नै चलाउनु तथा आरजुको व्यापारिक कनेक्न पनि भएकाले उनीमाथि समेत आरोप लाग्ने गरेको छ ।
यसबारे थप लामो समय कांग्रेसको राजनीति गरी स्वतन्त्र भएपछि पम्फादेवीको आरोप लगाएका डा। अमरेशकुमार सिंहको अभिव्यक्तिले पनि आशंका जन्माइदिन्छ ।
सहकारी ठगीको बिषय आउँदा प्रहरीले रवि लामिछानेमाथि समेत सम्पत्ति सुद्धीकरणतर्फ अनुसन्धान आकर्षित गरेको थियो । उनले समेत विदेशमा लुकाएको पैसा लुकाएको वा अस्वभाविक कारोबार भएको आशंका गरियो ।