मंगलवार, आश्विन २७ गते २०८३

खुकुरी प्रहार गरेर ८ महिने नाति र हजुरआमाको हत्या

बुधवार , माघ ३०, २०८१

काठमाडौँ । रुकुम पूर्वमा आठ महिने नाबालकसहित दुई जनाको हत्या भएको छ।

भूमे गाउँपालिका-४ को साकिम भन्ने ठाउँमा मंगलबार आठ महिने नाबालकसहित दुई जनाको हत्या भएको अवस्थामा शव फेला परेको हो। 

घटनास्थलबाट केही पर हत्या आरोपीको पनि शव फेला परेको जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वका सूचना अधिकारी इन्सपेक्टर हिमबहादुर केसीले जानकारी दिए। 

हिजो दिउँसो ३ बजेतिर भूमे गाउँपालिका–४ को साकिम निवासी ६० वर्षीया ढाँटी बुढा र उनका ८ महिने नाती समिरको हत्या भएको हो। सोही ठाउँका ५१ वर्षीय चन्द्रसिंह पुनले उनीहरूको हत्या गरेको प्रत्यक्षदर्शीले बताएका छन्। 

‘घर नजिकै बाटोमा सामान्य विवादको क्रममा पुनले हजुरआमा र नातीलाई एकसाथ धारिलो हतियार प्रहार गरेर हत्या गरेका हुन्,’ इन्सपेक्टर केसीले भने, ‘उनीहरुको हत्यापछि भाग्ने क्रममा आरोपी पुनको पनि भिरबाट खसेर मृत्यु भएको अवस्थामा शव फेला परेको छ। हामी घटनाको थप अनुसन्धान गर्दैछौँ।’ 

पुनको शव भिरबाट करिब २५ मिटर तल खुलखुले खोलामा खसेको अवस्थामा फेला परेको उनले बताए।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार