काठमाडौं । संघीय निजामती सेवामा समूह बढाएर ११ वटा पुर्याइएको छ । नेपाल सूचना प्राविधिक सेवा समूह थप गर्दै ११ पुर्याइएको हो । आज बसेको राज्य व्यवस्था तथा सुशासन समितिले प्रस्तावित विधेयकको दफा ५ पास गरेको समितिका सभापति रामहरि खतिवडाले बताएका छन् ।
‘नेपाल सूचना प्राविधिक सेवा समूह थपेर अब सेवा समूह ११ पुर्याउने निर्णय भएको हो,’ खतिवडाका अनुसार ‘संसद् सेवा र स्वास्थ्य सेवाबारे कुनै निर्णय नभएको बताएका छन् ।’ संसद् सेवा र स्वास्थ्य सेवा समूहबारे सरकारले आवश्यक तयारी नपुगेको र प्रावधानहरू थप गर्नुपर्ने बताएपछि रोकिएको हो ।
निजामती सेवामा नेपाल प्रशासन सेवा, नेपाल शिक्षा सेवा, नेपाल आर्थिक योजना तथा तथ्यांक सेवा, नेपाल इन्जिनियरिङ सेवा, नेपाल परराष्ट्र सेवा, नेपाल कृषि सेवा, नेपाल न्याय सेवा, नेपाल लेखापरीक्षण सेवा, नेपाल वन सेवा र नेपाल विविध सेवा निजामती सेवाअन्तर्गत पर्ने भएका छन् ।